१५ औं अन्तराष्ट्रिय एकल महिला दिवस मनाइयो

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १० । मानव अधिकारको लागि महिला एकल महिला समूह ताप्लेजुङले १५ औं अन्तराष्ट्रिय एकल महिला दिवस मनाएको छ ।

फुङलिङ वडा नं ५ मा उक्त दिवस मनाईएको । मानव अधिकारको लागि महिला एकल महिला समूह ताप्लेजुङका अध्यक्ष दिलु पतङ्वा श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा एकल महिलाहरुको मानव अधिकार संरक्षण र आगामी दायित्व बिषय केन्द्रित छलफल समेत भएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० डिसेम्बरमा हरेक वर्षको जुन २३ लाई अन्तराष्ट्रिय एकल महिला दिवस मनाउने घोषणा गरेको हो । त्यसपछि सन् २०११ को जुन २३ वाट यो दिवस मनाउने क्रम शुरु भयो ।

राष्ट्रसंघले श्रीमान गुमाएका,श्रीमान् हराएका,सम्बन्ध विच्छेद गरेका र अबिबाहित महिलालाई एकल महिला भनि उल्लेख गर्दै उनीहरुलाई समाजको मूलप्रवाहमा उद्देश्य राखेर उनीहरुको अधिकार स्पष्ट गरिदिएको छ । सोहि अनुरुप हरेक बर्षको जुन २३ मा आफ्नो अधिकारको संरक्षणका सवाल उठाउँदै अन्तराष्ट्रिय एकल महिला दिवस मनाउने गरिन्छ ।

 

Similar Posts