फुङलिङले भन्यो‘तत्काल बिद्यालय सुचारु गर्नू’,शिक्षकका जाजय माग पूरा गर्न सरकारको ध्यानाकर्षण

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १५ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बिद्यालय बन्द हुँदा समग्र शैक्षिक कार्यतालिका प्रभावित भएको भन्दै यथाशीघ्र सामुदायिक बिद्यालय सुचारु गर्न नगरक्षेत्रका बिद्यालयहरुलाई आवह्वान गरेको छ ।
नगर शिक्षा समितिका अध्यक्ष एवम् नगरप्रमुख अमिर मादेनले सोमवार अपरान्ह एक विज्ञप्ति प्रकाशित गरी शिक्षकहरुको जायज माग पूरा गर्न नेपाल सरकारसंग आग्रह समेत गर्नु भएको छ । उहाँले करिव महिना दिनदेखि सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरु सडक आन्दोलनमा जाँदा बिद्यालयको भर्ना अभियान समेत हुन नसकेको,समग्र शिक्षा प्रणालीमानै नकारात्मक प्रभाव परेकोले यथाशीघ्र सामुदायिक बिद्यालय सुचारु गर्न आवह्वान गर्नु भएको छ ।
नगरपालिकाले नगर शिक्षा समिति र वडा शिक्षा समिति समेतकोतर्फबाट यस्तो अपिल गरिएको बताएको छ । नगरपालिकाले समग्र शैक्षिक क्रियाकलाप नै ठप्प हुँदा लाखौं बिद्यार्थीहरुमा मनोवैज्ञानिक रुपमा दूरगामी असर परिरहेकोले नगरक्षेत्रका बिद्यालयहरु सुचारु गर्न आग्रह गरेको छ ।