आठराई त्रिबेणीमा वाडैपिच्छे आयुर्वेद स्वास्थ्य शिविर हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ९ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिकाका प्रत्येक वडामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

पालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानका अनुसार नागरिक आरोग्य सेवा केन्द्रमार्फत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने छ । बैशाख १० गते पालिकाको वडा नं १ निघुरादिनबाट सुरु हुने शिविर १२ गते वडा नं २ फुलवारी,१५ गते वडा नं ५ चाँगे,१६ गतेवडा नं ४ चाँगे र १७ गते वडा नं ३ हाङपाङमा सञ्चालन हुने छ ।

प्रधानका अनुसार शिविरमा ग्याष्ट्रिक,रुघाखोकी,पिनास,एलर्जी,माइग्रेन,पाइल्स,फिसर,फिस्टुला,हाडजोर्नी,दुखाई,स्वीस सम्वन्धी,यौन रोग,सुगर,प्रेसर र कोटस्ट्रोल सम्वन्धीको औषधि समेत बितरण गरिने भएको छ ।

 

Similar Posts