पाथीभरा क्षेत्रको काफ्लेपाटीस्थित पर्यटक प्रहरी हेल्प डेस्क परिसरमा वृक्षरोपण

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २ । ताप्लेजुङको पाथीभरा क्षेत्र काफ्लेपाटीस्थित पर्यटक प्रहरी हेल्प डेस्क कार्यालयको परिसरमा बिभिन्न प्रजातिका सयबढी बिरुवा रोपण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लौठ सल्ला,गुराँस, धुपी र सल्लाका सयबढी बिरुवा रोपण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(डिएसपी) रवि रावल,प्रहरी निरीक्षक काजी बस्नेत,पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारी,तल्लो फेदि(काफ्लेपाटी)स्थित होटल व्यवसायी तथा यातायात व्यवसायी समेतको सहभागिता वृक्षरोपण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समिति र डिभिजन वन कार्यालयको सहयोगमा उक्त वृक्षरोपण कार्यक्रम गरिएको समेत प्रहरीले जानकारी दिएको छ ।

Similar Posts