आठराई त्रिबेणीमा ‘सुत्केरी संग उपाध्यक्ष’कार्यक्रम

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा ‘सुत्केरी संग उपाध्यक्ष’कार्यक्रमलाई चालू बर्षमा समेत निरन्तरता दिन थालिएको छ ।
आठराई त्रिबेणी गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रममै ‘सुत्केरी संग उपाध्यक्ष’ कार्यक्रमको बजेट स्वीकृत गरेको थियो । मंगलवार फुलवारी स्वास्थ्य चौकीमा ‘सुत्केरी संग उपाध्यक्ष’ कार्यक्रम सम्पन्न गरिएको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङले जानकारी दिनुभयो ।
सेन्दाङका अनुसार ‘सुत्केरी संग उपाध्यक्ष’कार्यक्रम अन्तरगत सुत्केरी महिलाहरुलाई पोषण सामग्रीसहिको प्याकेटका साथ तथा स्वास्थ्य र सफाईका सामग्रीले भरिएको झोला समेत बितरण गरिने छ । कार्यक्रममा पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ राई,वडाध्यक्ष सेन्दाङ,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,पालिकाको स्वास्थ्य शाखा प्रमुख समिर प्रधान सहितका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।