आफ्ना स्वर्गीय बुबाको स्मृतिमा छोराद्धारा पाथीभरा क्याम्पसलाई अढाई लाख मूल्यको सरस्वतीको मूर्ति प्रदान

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेप लुङथुङ स्थायी घर भई भइ हाल काठमाडौं बस्दै आउनु भएका छोवाङलण्डुक शेर्पाले आफ्ना स्वर्गीय बुबा दावाछिरिङको स्मृतिमा पाथीभरा बहुमुखी क्याम्पसलाई २ लाख ५० हजार मूल्य बराबरको सरस्वतीको मूर्ति हस्तान्तरण गर्नु भएको छ ।
शेर्पाले हस्तान्तरण गर्नु भएको सरस्वतीको मूर्तिलाई क्याम्पस परिसरमा प्राण प्रतिष्ठा गरी सरस्वती पूजाकै दिन सोमवार अनावरण गरिएको पाथीभरा बहुमुखी क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का संस्थापक अध्यक्ष रहनु भएका शेर्पाको २०६३ साल असोज ७ गते ताप्लेजुङको फले नजिक ढुङ्जे पहाडमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएको थियो ।