निजामति कर्मचारी संगठन ताप्लेजुङमा थापा
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १६ । नेपाल निजामति कर्मचारी संगठन ताप्लेजुङको १२ औं जिल्ला अधिबेशनले दुर्गाप्रसाद थापा अध्यक्ष रहेको १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
संगठनको जिल्ला उपाध्यक्षमा दीपक भट्टराई र बिजया राई,सचिवमा अच्युतराज ढकाल,सहसचिवमा मानबहादुर पालुङ्वा र कोषाध्यक्षमा अञ्जना दाहाल चयन हुनु भएको छ ।
संगठनका सदस्यहरुमा जगदिश घिमिरे,सीता लिम्बू,कविता गुरुङ लिम्बू,बिशाल सिग्देल,सञ्जवीर मादेन,हिमाल गुरुङ,दीपक सुबेदी,तनुजा मेहता,सीता गुरुङ,लक्ष्मीप्रसाद बुढाथोकी,सुरेन्द्र कटुवाल,देवेन्द्र लिम्बू र रनकुमार विक रहनु भएको नवनिनर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो ।
अधिबेशनले कमला गौतम र दीपक भट्टराईलाई केन्द्रीय अधिबेशन प्रतिनिधि र गोपाल भट्टराई र तनुजा मेहतालाई प्रदेश अधिबेशन प्रतिनिधिको रुपमा चयन गरेको छ ।