अनुदान प्राप्त गर्न चाहने खेलकुदका संघसंस्था वा क्लवहरुले प्रदेश खेलकुद बोर्डमा आबेदन गर्नुपर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ९ । खेलकुद कार्यक्रमका लागि अनुदान प्राप्त गर्न चाहने खेलकुदका संघसंस्था वा क्लवहरुलाई आवश्यक कागजात सहित आबेदन गर्न ताप्लेजुङ जिल्ला खेलकुद विकास समितिले आवह्वान गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लिम्बूका अनुसार खेलकुदका संघसंस्था वा क्लवहरुलाई मापदण्डमा आधारित अनुदान सहयाता वितरण कार्यक्रममार्फत प्रदेश खेलकुद बोर्ड कोशी प्रदेशमार्फत अनुदान उपलब्ध गराउन लागिएको हो ।

अध्यक्ष मावो लिम्बूले अनुदान प्राप्त गर्न चाहने खेलकुदका संघसंस्था वा क्लवहरुले आफुले आयोजना गर्न चाहेको खेलकुदको प्रस्तावना तथा अन्य आवश्यक कागजात सहित प्रदेश खेलकुद बोर्ड कोशी प्रदेशमा आबेदन गर्न आवह्वान समेत गर्नु भएको छ ।

 

Similar Posts