सिदिङ्वा धामको काखमा पर्यटन प्रर्वद्धन अन्तरकृया

खगेन्द्र अधिकारी
(थामडाँडा)ताप्लेजुङ,असार २१ । ताप्लेजुङको सिदिङ्वास्थित सिदिङ्वा धामको काखमा आइतवार सिदिङवा धाम पर्यटन प्रर्वद्धन अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

केचना–कञ्चनजंघा पर्यटन विकास समितिको आयोजना तथा सिदिङ्वा गाउँपालिकाको संयोजनमा पर्यटन व्यवसायी,स्थानीय सरकारका प्रतिनिधि र केचना–कञ्चनजंघा पर्यटन विकास समितिका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले जानकारी दिनुभयो । सिदिङ्वा गाउँपालिका वडा नं २ सादेवास्थित थामडाँडामा भएको कार्यक्रमबिच केचना–कञ्चनजंघा पर्यटन विकास समितिका नवनियुक्त सदस्य तथा सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा गाउँपालिका पर्यटन बजारको बलियो र प्रसस्त सम्भावना बोकेको क्षेत्र भएको बतााउनभुयो । राईले सिदिङ्वा गाउँपालिकाका असंख्य पर्यटकीय क्षेत्रको विकास र समृद्धिका लागि जनप्रतिनिधिको तवरबाट उल्लेखनीय कार्य गर्दै आएको बताउनुभयो । स्थानीय सरकारकोतर्फबाट वडापालिका सहितका जनप्रतिनिधि र केचना–कञ्चनजंघा पर्यटन विकास समितिमार्फत योजना बनाई कार्यान्वयन गर्ने राईको भनाई थियो ।

पालिका अध्यक्ष राइले श्रिङ्ग ऋषिको तपश्यास्थल सिदिङ्वा धाम,तिम्बुङपोखरी–ढङढङ्गे झरना,पदमचाल,रेडपाण्डा,भेडा र चौंरीको खर्क व्यवस्थापन,होमस्टे थप र सुधार सहितका कार्य पालिकाकोतर्फबाट गर्दै आएको बताए । तिम्बुङ पोखरी क्षेत्रलाई केञ्जोको राजधानीको रुपमा विकास गर्ने योजना अघि बढाईएको पालिका अध्यक्ष राईले बताए । कोशी प्रदेश सरकारले केचना–कञ्चनजंघा पर्यटन विकास समितिको कार्यक्षेत्रमा रहेका जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई समितिको पदेन सदस्यको रुपमा मनोनित गरेको छ । उक्त समितिमा राईले ताप्लेजुङ जिल्लाका स्थानीय सरकारका प्रमुखहरुको प्रतिनिधित्व गर्नु भएको छ । राईको कार्यकाल दुईबर्षको हुने भएको छ । कार्यक्रममा पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दनांले) केचना–कञ्चनजंघा पर्यटन विकास समितिमा सिदिङ्वा गाउँपालिका अध्यक्ष राईको मनोनयनले ताप्लेजुङ जिल्लाको पर्यटन विकासमा महत्वपूर्ण योगदान प्राप्त हुने विश्वास लिनुभयो् । पालिका उपाध्यक्ष कडरियाले सिदिङ्वाको पर्यटकीय सम्भावनाका क्षेत्रहरुलाई बजारीकरण गरी आर्थिक उर्पाजनमा केन्द्रित गर्न पालिकाका योजना क्रमशःकार्यान्वयनमा आइरहेको बताउनुभयो ।

कार्यक्रममा सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिवा,सिदिङ्वा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष रत्बहादुर खत्री,वडा नं १ का वडा सदस्य तथा तत्कालिन मेची पहाडी पर्यटन विकास समितिका सदस्य टइन्द्र चापागाँई,पर्यटन अभियान्ता अमिर राई सहितले पर्यटन विकासका सम्भावना र चुनौतिका विविध आयाम बारे बताउनु भएको थियो । कार्यक्रममा सिदिङ्वा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रत्नबहादुर लिङदेन,वडा सदस्यद्धय भानुभक्त दाहाल र भानुभक्त बानियाँ,सिदिङ्वा गाउँपालिकाका प्रशासन प्रमुख(अधिकृत सातौं)तिवेन्द्र अधिकारी,पालिकाका पूर्व कार्यपालिका सदस्य प्रकाश राई(कैलाश)सहितको उपस्थिति रहेको थियो । सिदिङ्वा गाउँपालिकाका सूचवा प्रविधि अधिकृत सरोज दाहालका अनुसार कार्यक्रममा ६१ जनाको सहभागिता थियो । छलफल र अन्तरक्रिया पछि पालिकाको टिमले उक्त क्षेत्रको पर्यटन विकासका सम्भावनाका क्षेत्र र मुख्य समस्या के हुन् भनेर सहभागीमाझ जानकारी समेत लिएको थियो ।

Similar Posts