सिकैचा उपनिर्वाचनमा‘तीन घेरे’सुरक्षा प्रवन्ध,सेना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो जनशक्ति परिचालन हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा कुनै अवाञ्छित गतिविधि हुन नदिन ‘तीन घेरे’सुरक्षा नीति अवलम्बन गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिले निर्वाचनका दिन र सो भन्दा अघि पनि आवश्यक परे नेपाली सेना परिचालन गर्ने निर्णय लिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । केहिदिन अघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न सक्ने गरी स्वीकृति दिनु भएको थियो । ‘निर्वाचनमा कुनै किसिमको सुरक्षा कठिनाई नहुने गरी व्यवस्था गरेका छौं’प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो । उहाँका अनुसार सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी,दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित हुनेछन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट डिएसपीको मुख्य कमाण्डमा सुरक्षा टोली खटिने भएको छ । मतदान केन्द्रमा इन्सपेक्टरको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुनेछन् । तेस्रो घेरा नेपाली सेनाले सम्हाल्ने छ । मतदानस्थल वरपर रहेका मुख्य तीन नाकाको सुरक्षार्थ तीनै सुरक्षा निकायका जनशक्ति खटिने छन् । जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावलका अनुसार निर्वाचका दिन ८ जना इन्सपेक्टरले बिभिन्न क्षेत्रको कमाण्ड लिनेछन् । सिकैचाको कुञ्जारी र ओसे दुबै मतदान स्थलमा प्रहरीका इन्सपेक्टरको कमाण्डमा सुरक्षा टोली परिचालित हुने भएको छ । मतदान स्थलको सुरक्षार्थ मात्र ३० जना प्रहरी परिचालित हुने भएका छन् ।

प्रहरीबाट सादा पोशाकका सहित १ सय ३५ र सशस्त्र प्रहरीबाट १ सय जना सुरक्षा जनशक्ति परिचालित हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । नेपाली सेनाबाट आवश्यकता अनुसार सुरक्षा जनशक्ति तैनाथ गरिने छ । खटिएको जनशक्तिले नाकाहरुमा मोवाइल गस्ति गर्ने,अनाधिकृत मानिसहरुको आवतजावत नियन्त्रण गर्ने,कुनै किसिमका हुल हुज्ज्त र अवाञ्छित गतविधि हुन नदिन सुरक्षा व्यवस्थापन गर्ने सहितका कार्य गर्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी शर्माले निर्वाचन भयरहित,निश्पक्ष र निर्वाध रुपमा सञ्चालन हुने कुरामा जिल्ला सुरक्षा समितिकोतर्फबाट सुरक्षा प्रवन्धमा कठिनाई नहुने गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts