हृदयरोग प्रतिष्ठान शाखाको नयाँ समिति चयन
-उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर ७ । ताप्लेजुङस्थित नेपाल हृदयरोग निवारण प्रतिष्ठानको नयाँ समिति चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शुक्रबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले इन्द्रबहादुर गुरुङ सभापति रहेको १७ सदस्यीय प्रतिष्ठान शाखाको नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
शाखा समितिको उपसभापतिमा अनन्तमणि भट्टराई र खिनुमाया इजम, सचिव कमलप्रसाद भट्टराई, सहसचिव कल्पना गुरुङ, कोषाध्यक्ष निरोज श्रेष्ठ र उपकोषाध्यक्ष दुर्गादेवी गौतम चयन हुनुभएको छ । सदस्यमा सुवास आचार्य, खड्गविक्रम सुवेदी, विवेक बानिया, किशोर अधिकारी, नरेन्द्र अधिकारी चयन हुनुभएको छ ।
यस्तै शाखा कार्यसमितिको पदेन सदस्यमा ज्ञानबहादुर तामाङ, मनोनित सदस्यमा शुन्दरमोहन शाक्य, माला पालुङ्वा, यीगेन्द्रकुमार गुरुङ रहनुभएको छ । शाखाको अधिवेशन कोशी प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री बलबहादुर साम्सोहाङसहित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।