सिकैचा उपनिर्वाचनको मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई दियो समय तालिका

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताप्लेजुङको सिकैचाको वडाध्यक्ष उपनिर्वाचनका लागि दलहरुलाई समय तालिका दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका दलबहादुर तामाङका अनुसार अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई १ः ३० बजेको समय दिईएको छ । नेकपा एमालेलाई २ः०० बजे,नेकपा माओवादी केन्द्रलाई ३ः०० बजे,राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ः३० बजे र नेपाली काँग्रेसलाई ४ः०० बजेको समय दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार स्थानीय राजनीतिक दल तथा स्वतन्त्र व्यक्ति समेतलाई सूचना दिएर मननोनयन दर्ता सम्वन्धी छलफल गरेको थियो । सोहि छलफलका आधारमा समय निर्धारण भएको तामाङले जानकारी दिनुभयो ।
मनोनयनका लागि १०ः०० बजे नै कार्यालय खुल्ला राखिएको र समय निर्धारण भएको समय अगावै कसैले मनोनयन गर्न चाहे मनोनयन दर्ता हुने समेत तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार नेपाली काँग्रेसले १ः३० बजे अगावै मनोनयन दर्ताका लागि समय मागेकोले सो भन्दा अघि आइपुगे काँग्रेस उम्मेदवारकै मनोनयन दर्ता हुने तयारी भइरहेको छ ।
उपनिर्वाचनका लागि कात्तिक ३० गते नै सिकैचा वडा कार्यालय रहेको स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । जिल्ला न्यायाधीस विकास श्रेष्ठ मुख्य निर्वाचन अधिकृत रहनु भएको छ ।