महान्याधिवक्ता बडालद्धारा जिल्ला सरकारी वकिल कार्यालय र ताप्लेजुङ कारागारको निरीक्षण
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १ । महान्याधिवक्ता रमेश बडालले जिल्ला सरकारी वकिल कार्यालय तथा जिल्ला ताप्लेजुङ कारागारको निरीक्षण गर्नु भएको छ ।
ताप्लेजुङ जिल्ला अदालत समेत पुगेर बडालले ताप्लेजुङ जिल्लाको न्यायिक अवस्थाको जानकारी समेत ग्रहण गर्नु भएको छ । उहाँले नेपाल वार एशोसिएसन ताप्लेजुङका पदाधिकारीसंग भेटघाट गरी न्यायिक कार्य सम्पादनका बिषयमा संक्षिप्त छलफल गर्नु भएको बार एशोसिएसन ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले जानकारी दिनु भएको छ ।
सरकारको प्रमुख कानुनी सल्लाहकार तथा प्रमुख अभियोजनकर्ता एवं सरकार वादी हुने मुद्दा चलाउने वा नचलाउने भनेर अन्तिम निर्णय गर्ने अधिकारीलाई महान्याधिवक्ता भनिन्छ । यो सरकारी वकिलहरूको सर्वोच्च पद पनि हो । सरकारलाई उचित कानुनी सल्लाह दिने तथा सरकारबिरुद्ध परेका मुद्दाहरुको प्रतिरक्षा गर्ने काम महान्याधिवक्ताको कार्यालयले गर्ने गरेको छ ।