बुद्धिजीवी परिषद् ताप्लेजुङमा भण्डारी

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १७ । नेपाल बुद्धिजीवी परिषद् ताप्लेजुङको सातौं जिल्ला अधिबेशनले दिवस भण्डारी अध्यक्ष रहेको १४ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
परिषद्को उपाध्यक्षमा सन्त विक,सचिवमा माया तामाङ,उपसचिवद्धयमा भीष्म बराल र हरि कडरिया तथा कोषाध्यक्षमा रामबहादुर गुरुङ चयन हुनु भएको छ ।
सदस्यहरुमा भीमा लिङदेन पालुङ्वा,सञ्जिव मादेन,नरेन्द्रकुमार गौतम,कुशलता सेन्दाङ,सरिता लिङदेन,बलबहादुर राई,रामचन्द्र नेपाल र अञ्जना लिम्बू रहनु भएको छ ।
परिषद्का महासचिव गजेन्द्रप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा अधिबेशन भएको हो ।