| |

निःशुल्क दन्त शिविरबाट पाँचसय बढी लाभान्वित

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ३० । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित दन्त तथा मुखसम्बन्धी स्वास्थ्य शिविरबाट पाँचसय बढी लाभान्वित भएका छन् । बिहीबार सम्पन्न चार दिने निःशुल्क उक्त शिविरबाट उक्त संख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार शिविरमार्फत दाँत तथा मुखसम्बन्धी समस्या भएका कुल ५२७ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । उपचार सेवा लिनेमध्ये २२७ पुरुष र ३०० जना महिला रहेका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
फक्ताङ्लुङ गाउँपालिका, सगरमाथा हेल्थ फाउण्डेसन र हेल्थ केयर नेपालको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा आम्दा नेपाल जोरपाटीको प्राविधिक सहयोग रहेको थियो । तापेथोक आधारभूत अस्पतालमा सञ्चालन गरिएको शिविर सोमबार सुरु भएको थियो ।

Similar Posts