|

कोभिड-१९ अस्पताल धरानमा एक संक्रमितको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
धरान, भदौ ६ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचार गराइरहेका धरानका एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १५ का ६७ वर्षीय पुरूषको शनिबार दिउँसो १२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । छाती, तथा स्वासप्रश्वासमा समस्या भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
बिरामीको अवस्था नाजुक भएपछि शुक्रबार प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको प्रतिष्ठानले जनाएको छ । मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना गरिएको थियो । उनी एन्फा क्वारेन्टाइनमा बस्दै आएका थिए । धरानमा एक साता अघि प्लाज्मा थेरापी विधीबाट उपचार गर्दा धरान–१५ कै व्यवसायीको भने स्वास्थ्य सुधार भएको प्रतिष्ठानले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts