नेकपा नेता नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौ,भदौ ६ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । नेता नेपाल र उहाँको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले जानकारी दिनुभयो । गत बिहीबार उहाँहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो । संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले जानकारी दिनुभयो ।

(स्रोत ः अनलाईन खबर)

Similar Posts