माध्यमिक तहको शिक्षकमा सिफारिस १३ जनालाई स्थानीय तह छान्न कात्तिक ११ सम्मको समय

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ६ । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले माध्यमिक तहको विज्ञापनमा सफल भइ स्थायी नियुक्तिका लागि रिक्त दरबन्दी भएका स्थानीय तह छनौट गर्न आवह्वान गरेको छ ।

नेपाली,अंग्रेजी,विज्ञान र गणित बिषयमा सिफारिस भइ आएकाहरुलाइ स्थानीय तह छनौट गर्न कात्तिक ११ गतेको समय दिईएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालीका लागि फुङलिङ नगरपालिका सहित आठराई त्रिबेणी,मिक्वाखोला,फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकामा १–१ गरी ५ रिक्त दरबन्दी अनुसार सिफारिस भइ आएका उम्मेदवारले स्थानीय तह छनौट गर्नुपर्ने हुन्छ ।

अंग्रेजी बिषयका लागि आठराई त्रिबेणी गाउँपालिका र सिरिजङगा गाउँपालिकामा १–१ जनाको दरबन्दी रहेकोले सोहि अनुसार सिफारिस भइ आएकाले जान चाहेको स्थानीय तह छनौट गर्नुपर्ने हुन्छ । विज्ञान बिषयका लागि फुङलिङ नगरपालिका र आठराई त्रिबेणी तथा फक्ताङलुङ गाउँपालिकामा १–१ गरी ३ जनाले आफुले जान चाहेको स्थानीय तह छनौट गर्नुपर्ने हुन्छ ।

गणित बिषयका लागि फक्ताङलुङ गाउँपालिकामा २ तथा सिरिजङ्गा गाउँपालिकामा १ जनाको रिक्त दरबन्दी पूर्ति हुने भएकोले सिफारिस भइ आएका ३ जनाले आफुले जान चाहेको पालिका प्राथमिकतामा आधारमा छनौट गर्नुपर्ने प्रावधान रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts