ताप्लेजुङको सान्थाक्रामा कात्तिक १९ गतेबाट साविक वडास्तरीय फुटबल प्रतियोगिता हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ५ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्रास्थित धर्मनन्द युवा क्लवले यही कात्तिक १९ गतेदेखि साविक वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

मेरिङदेन गाउँपालिकाको पुरानो संरचनाको साविकका वडा स्तरीय प्रतियोगिता सञ्चालन हुन लागेको क्लवका अध्यक्ष विकास लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार खेल नकाउट विधिद्धारा खेलाइने छ । खेलमा अतिरिक्त सहित १० जना खेलाडीको सहभागिता हुने आयोजक धर्मनन्द युवा क्लवले जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद ६० हजार रुपैयाँ पुरस्कारका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाण–पत्र तथा उपबिजेताले ४० हजार रुपैयाँका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाण–पत्र पाउने छन् ।

प्रतियोगितामा बिधागततर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लवका सचिव मिलन लिम्बूले जानकारी दिनुभयो

अरुलाई पनि शेयर गरौ !

Similar Posts