ताप्लेजुङबाट १ सय ९१ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता,८ जनालाई गैर आवासीय नागरिकता प्रदान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हाल सम्म १ सय ९१ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहनु भएकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार ताप्लेजुङबाट अहिले सम्म ८ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन् । चालू आवमा २ तथा आव २०८०।८१ मा ६ जनालाई गैर आवासीय नेपाली नागरिकता बितरण भएको प्रशासन कार्यालयले जनाएको छ । जन्मका सन्तानलाई वंशजका आधारमा दिइने नागरिकता भने अहिले सम्म ५ जनालाई प्रदान गरिएको खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रमेशप्रसाद सिग्देलका अनुसार वैवाहिक अंगीकृत नागरिकता लिनेमध्ये अधिकाँस भारतीय मुलका र त्यसपछि तीब्बतीयन मुलका छन् । नेपाली नागरिकसंग वैवाहिक सम्वन्ध कायम गरेकी विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिन्छ ।

नेपालको नागरिक आमाबाट नेपालमा जन्मभइ नेपालमै बसोबास गरेको र बाबुको पहिचान नभएको व्यक्तिलाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान हुने गरेको छ । तर,बाबु विदेशी नागरिक भएको ठहरेमा भने उक्त व्यक्तिको नागरिकता अंगीकृत नागरिकतामा परिणत हुने कानुनी व्यवस्था रहेको छ । ताप्लेजुङबाट असोज मसान्त सम्ममा बंशजका आधारमा भने १ लाख ८७ हजार ८ सय ८ जनालाई नेपाली नागरिकता प्रदान भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts