एचपिएफको संयोजनमा ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा नवनिर्मित भवनको उद्घाटन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २९ । ह्युमन प्राटिक्स फाउण्डेसन (एचपिएफ)को मुख्य संयोजनमा ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा निर्माण भएको शैक्षिक भवनको मंगलवार उद्घाटन गरिएको छ ।

करिव १ करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण भएको भवनको भवन निर्माणका मुख्य लगानीकर्ता डेनमार्क नागरिक म्याक सेइजवेक र उहाँको परिवारको उपस्थितिमा औपचारिक समुद्घाटन भएको हो । क्याम्पस प्रमुख सजन पौडेलका अनुसार कूल लगानीमध्ये सेइजवेक परिवारको बाहेक फुङलिङ नगरपालिकाको १५ लाख रुपैयाँ साझेदारी रहेको छ भने बाँकी रकम क्याम्पसकोतर्फबाट लगानी गरिएको छ । दशकोठे दुई तले भवन निर्माण सम्पन्न भएर समुद्घाटन भएसंगै अब शिक्षण कार्यका लागि सहज सुविधा प्राप्त हुने स्वतन्त्र बिद्यार्थी युनियन पाथीभरा बहुमुखी क्याम्पसका सभापति अर्जुन खिम्दिङले जानकारी दिनुभयो ।
डेनमार्क नागरिक म्याक, उहाँकी श्रीमति नाना,छोरी आना र छोरा ओस्करले नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

विगत लामो समय देखि ताप्लेजुङका शिक्षण संस्थाहरुको भवन निर्माण कार्यको अगुवाइ गरिरहेको संस्था ह्युमन प्राटिक्स फाउण्डेसनले बिभिन्न दाता व्यत्तित्वहरुलाई सहयोगको लागि आवह्वान गर्दै यसको मुख्य संयोजनको भूमिका निर्वाह गरिरहेको छ । एचपिएफमार्फत ताप्लेजुङका अधिकाँस शिक्षण संस्थाको भवन निर्माणको कार्य भइरहेको छ । एचपिएफले भवन निर्माणसंगै कक्षा कोठामा आवश्यक पर्ने डेस्क बेञ्च समेतको प्रवन्ध गरिदिदैं आएको छ भने खेलमैदान,आइसिटी ल्याव कक्ष,शिक्षक दक्षता तालिम,बिद्यालय तहबाटै मधुमेह रोकथाम अभियान समत सञ्चालन गरिरहको छ ।

झण्डै साढे ८ सय बिद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्व विद्यालयबाट सम्वन्ध प्राप्त पाथीभरा बहुमुखी क्याम्पस स्नातकोत्तर तह सम्मको अध्यापन हँुदै आएको जिल्लाको एकमात्र क्याम्पस हो । पाथीभरा बहुमुखी क्याम्पस बाहेक सिरिजङ्गा गाउँपालिका वडा नं १ स्थित सिनाममा स्नातक तहसम्मको अध्यापन हुँदै आएको छ भने पूर्वाञ्चल विश्व विद्यालयबाट सम्वधन लिएर मैवाखोला गाउँपालिकास्थित नारायणी मावि साँघुमा बहुमुखी क्याम्पस सञ्चालनको गृहकार्य भइरहेको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष गजेन्द्रप्रसाद तुम्याहाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङवो,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहांवीर हाङगाम(डम्बर),मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का,प्रहरी निरीक्षक विवेक बस्नेत र एचपिएफ ताप्लेजुङका टिम लिडर अमित श्रेष्ठ सहितको उपस्थिति रहेको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts