जनता आवास कार्यक्रममार्फत निर्माण भएका ५ आवास थेचम्बुका सम्वन्धित घरधनीलाई हस्तान्तरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २३ । कोशी प्रदेश सरकारको जनता आवास कार्यक्रममार्फत ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका ५ विपन्न परिवारका लागि निर्माण भएको आवास सम्वन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वो,पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङको उपस्थितिमा निर्मित आवास भवन हस्तान्तरण गरिएको प्रदेशसभा सदस्य मेन्याङ्वोका स्वकीय सचिव विवेक बानियाँले जानकारी दिनुभयो ।

पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बुका वडाध्यक्ष बलुराम मेन्याङ्वोका अनुसार प्रतिपरिवार ३ लाख ५० हजार रुपैयाँको लागतमा ५ विपन्न परिवारका लागि भूकम्परहित भवन निर्माण भएको छ ।

चरीमाया विक,राजकुमार विक,सम्झना विक,दिलकुमारी नेपाली र सीता रतनको आवास निर्माण भई सम्वन्धित परिवारलाई हस्तान्तरण गरिएको हो । जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५(प्रथम शंसोधन २०७६ समेत) अनुसार लक्षित वर्गको पहिचान गरिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts