कात्तिक ४ देखि ९ गते सम्म स्वर्गीय चन्द्रबहादुर नयोङहाङ स्मृति पुरुष नकाउट फुटबल प्रतियोगिता हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २० । आउँदो कात्तिक ४ देखि ९ गते सम्म ताप्लेजुङको फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसको खेलमैदानमा तेस्रो स्वर्गीय चन्द्रबहादुर नयोङहाङ स्मृति पुरुष नकाउट फुटबल प्रतियोगिता हुने भएको छ ।

आइतवार आयोजक कर्णसिंह सोनाम फुटबल क्लवले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी दिएको हो । प्रतियोगिता आयोजक कमिटीका सचिव दीपेश सुनामका अनुसार प्रतियोगितामा १६ टीम सहभागी हुन पाउने प्रवन्ध गरिएको छ । सम्वन्धित जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघमा आधिकारिक रुपले दर्ता भएका क्लवहरुले मात्र प्रतियोगितामा सहभागी हुन पाउने छन् । प्रतियोगिता आयोजक कमिटीका अध्यक्ष हाङगो लिम्बूका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ८१ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुनेले ४१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् । टिम दर्ताका लागि असोज २९ गते सम्मको समयावधि दिईएको छ । दर्ताको अन्तिम मितिका भोलिपल्ट ३० गते खेलतालिका प्रकाशित हुने आयोजकले जनाएको छ । टिममा तीन अतिरिक्त सहित १० जना खेलाडी हुनुपर्ने प्रवन्ध गरिएको छ ।

प्रत्येक प्रतियोगिताको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १ हजार सहित पुरस्कृत गरिने भएको छ । बिधागततर्फ सर्बोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट प्रशिक्षक सहितलाई नगद सहित पुरस्कृत गर्ने आयोजकको तयारी छ । प्रतियोगिता आयोजक कमिटीका कोषाध्यक्ष पवन लिम्बूका अुवार सञ्चालन समितिका कोषाध्यक्ष पवन लिम्बूका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिव ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथीभाई युवा समाज सह–आयोजक रहेको प्रतियोगितामा ताप्लेजुङ जिल्ला फुटबल संघले प्राविधिक सहयोग गर्ने भएको छ । कूलत र कुसंस्कार बिरुद्ध सामाजिक जागरणका अभियानहरु सञ्चालन गरिरहेको संस्था होफ फर अल सहयोगी संस्थाको रुपमा रहने भएको छ ।

प्रथम पुरस्कारको प्रायोजन स्वर्गीय चन्द्रबहादुर नयोङहाङका परिवारजन क्रमशःरुपा नयोङहाङ,शोभा नयोङहाङ,ववि नयोङहाङ र रुविना नयोङहाङले गर्नु भएको प्रतियोगिता आयोजक कमिटीले जानकारी दिएको छ । पर्यटन,कृषि र खेलकुदलाई एकआपासमा जोड्दै ताप्लेजुङको बजार चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका उपाध्यक्ष काजी सुनुवारले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts