केवलकार निर्माण खारेजी संघर्ष समिति र मुक्कुमलुङ संघर्ष समितिद्धारा‘पाथीभरा’नाम अस्विकार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ११ । केवलकार निर्माण खारेजी संघर्ष समिति र मुक्कुमलुङ संघर्ष समितिले केवलकार निशेध अभियानलाई जारी राख्दै देवस्थल ‘पाथीभरा’नाम अस्विकार गरेका छन् ।

दुबै संस्थाले शुक्रवार फुङलिङमा पत्रकार सम्मेलनमार्फत ‘पाथीभरालाई’उपनिवेशकारी नामको संज्ञा दिदैं ‘मुक्कुमलुङ’ कायम गर्नुपर्ने माग गरेका छन् ।‘हाम्रो यो माग नौलो होइन,पाथीभरा उपनिवेशकारी नाम हो’केवलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बूले भन्नुभयो । लिम्बूले केवलकार निर्माणले मुन्धुमीस्थलमाथि अतिक्रमण हुने,पर्यावरणीय सन्तुलन गुम्ने,लिम्बू समुदायको आध्यात्मिक स्थल माथि प्रहार हुने दावी गर्दै केवलकार निर्माण निशेधको अभियान जारी रहेको बताउनुभयो । पाथीभरामा केवलकार निर्माण सहितका सवालमा छलफल गर्न ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवारै काठमाडौंमा सर्वपक्षिय छलफल सुरु गरेका बेला फुङलिङमा केवलकार निर्माण खारेजी संघर्ष समिति र मुक्कुमलुङ संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत केवलकार निर्माण गर्नै नहुने अडान राखेका छन् । उनीहरुले पाथीभराको सट्टा ‘मुक्कुमलुङ’नाम राख्नुपर्ने र सो क्षेत्रमा कुनै कार्य गर्नुपरे स्थानीय आदिवासी समुदायलाई अग्रिम जानकारी सहित स्वतन्त्र मञ्जुरी लिनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा फेम्बुले ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा सुरु गरेको छलफल केवलकार निर्माणको वातावरण निर्माण गर्ने प्रपञ्चको रुपमा रहेको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । छलफलमा ‘केवलकार निर्माण निशेध’अभियानका प्रतिनिधिलाई सिमित गरिएको प्रति उहाँले ताप्लेजुङ सरोकार केन्द्रप्रति रोष प्रकट गर्नुभयो । केन्द्रले छलफलका लागि केवलकार निर्माण खारेजी संघर्ष समिति र मुक्कुमलुङ संघर्ष समितिका ५ प्रतिनिधि सहित ८ जनालाई आमन्त्रण गरेको जानकारी आफुले पाएको उहाँले बताउनुभयो । केवलकार निर्माण कम्पनीकातर्फबाट १० भन्दा बढी प्रतिनिधि आमन्त्रण गरेर संघर्ष अभियानका प्रतिनिधिलाई सिमित गरिएकोमा फेम्बुले आपत्ति जनाउनुभयो । ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा ताप्लेजुङको पर्यटन र विकासका एजेण्डा केन्द्रित छलफल गरिरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts