पत्रकार महासंघको निर्वाचन फागुन ३ लाई तोकियो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौँ, साउन ३ ।
नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाले आगामी फागुन ३ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने र २०७७ सालको सदस्यता नवीकरण शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । महासंघको आज भएको भर्चुअल राष्ट्रिय भेलाले निर्वाचन मिति र सदस्यता शुल्क मिनाहा गर्ने निर्णय गरेको हो । भेलाले नयाँ सदस्यता सिफारिस र नवीकरणको मिति भदौ मसानतसम्म थप गरेको छ । महासंघको केन्द्र, प्रदेश र शाखाको नयाँ नेतृत्व छनोटका लागि आगामी फागुन ३ गते एकै दिन निर्वाचन हुने भएको हो । महासंघको नयाँ प्रावधान अनुसार प्रत्यक्ष निर्वाचनका माध्यमबाट नेतृत्व छनोट हुने भएको छ ।
कोरोना संक्रमणका कारण महासंघ केन्द्रीय समितिले ६ महिना कार्यकाल थप गर्ने भनी गरेको निर्णयलाई भेलाले अनुमोदन गरेको छ । राष्ट्रिय भेलाले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै श्रमजिवी पत्रकारको पक्षमा उभिने निर्णय गरेको छ । पत्रकार निस्काशन गर्ने र बिदामा राख्ने कार्यको विरोध गरेको छ । सबै पत्रकारको पीसीआर परीक्षण गराउन पहल गर्ने र श्रमजिवी पत्रकार र सञ्चारमाध्यमका लागि राहत प्याकेज ल्याउन संघ, प्रदेश र सथानीय सरकारसँग माग गरेको छ ।
कोरोना संक्रमण कारण महासंघले जुमका माध्यमबाट राष्ट्रिय भेला सम्पन्न गरेको हो । महासंघको केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटीका अध्यक्ष, शाखाका अध्यक्ष, एसोसिएट र प्रतिष्ठान शाखाका अध्यक्षको सहभागिता रहेको थियो । महासंघका पदाधिकारीले केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौँबाट भेलालाई सम्बोधन गरेका थिए । महासंघ अध्यक्ष गोविन्द आचार्यले निर्णायार्थ राखेको प्रस्तावमा प्रदेश तथा शाखाका अध्यक्षको सुझाव पछि पारित गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts