रौतहटमा गोली हानेर पुजारीको हत्या
रौतहट,भदौ ४ । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताउनुभयो ।