ताप्लेजुङ पाथीभरा सेवा समाज कतारको अध्यक्षमा खड्का सर्वसम्मत

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १७ । ताप्लेजुङ पाथीभरा सेवा समाज कतारले दुईबर्षे कार्यकालका लागि कुमार खड्काको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । खड्का यसअघि समाजको महासचिव रहनु भएको थियो ।

समाजको बरिष्ठ उपाध्यक्षमा गोपाल खतिवडा, उपाध्यक्षमा दुर्गा गुरुङ, महिला उपाध्यक्षमा शिला गुरुङ,महासचिवमा सागर तुम्बाहाम्फे, सचिवमा बिवस मादेन,सहसचिवमा केदार पौडेल,कोषाध्यक्षमा प्रकाश गुरुङ र सहकोषाध्यक्षमा चन्द्र पतङवा चयन हुनु भएको छ । गणेश खडका,टीकाराम गुरुङ,सिपी गुरुङ,खगेन्द्र सेन्दाङ, पासाङ लामा,दिपक प्रसाइँ,योग्य कार्की र पासाङ शेर्पा सदस्यमा चयन हुनु भएको छ ।

नवनिर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक राजेन्द्र सामेखाले शपथग्रहण गराउनु भएको थियो भने निर्वाचित भएको प्रमाण–पत्र समेत हस्तान्तरण भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए एनसीसीका अध्यक्ष रमेश भट्टले ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आफु गएको ताप्लेजुङका रमणीय स्थलहरुले आफु प्रभावित भएको बताउनु भएको थियो । कतारमा रहेका ताप्लेजुङका नागरिकहरुलाई संस्थागत समन्वय र सहयोगका लागि ताप्लेजुङ पाथीभरा सेवा समाज स्थापना भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts