घरेलु टिमलाई सेमीफाईनलमा रोक्दै मोरङको सगरमाथा यूथ क्लव ताप्लेजुङ गोल्डकपको फाईनल प्रवेश

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ७ । इञ्जुरी समयमा धकेलिएको खेलमा घरेलु मैदानमा संघर्ष स्र्पोटिङ क्लव फुङलिङलाइ २–१ ले हराउँदै मोरङको सगरमाथा यूथ क्लव दोस्रो ताप्लेजुङ गोल्डकपको फाईनल प्रवेश गरेको छ । यो संगै अब उसले दोस्रो सेमीफाईनलमा शनिवार आमने–सामने हुँदै गरेका बिर्तामोड युनाइटेड फुटबल क्लव झापा र सिराहाको सलहेश यूथ क्लवको बिजेतासंग भदौ १० गते उपाधि भीडन्त गर्ने छ ।

बिजयी टिमका लागि दुबैगोल मिलन राईले गरेका थिए । उनी खेलका म्यान अफ दिन म्याच घोषित हुँदै नगद ५ हजार रुपैयाँ समेत प्राप्त गरे । खेलको नवौं मिनेटमा बिजय भुजेलको पासमा सानदार ‘फिनिसिङ’ गर्दै मिलनले टिमका लागि पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । संघर्षका लागि खेलेको ६० औं मिनेटमा कप्तान अनुप सेन्दाङले सगरमाथा यूथ क्लवबिरुद्ध बराबरी गोल गरे । निर्धारित ९० मिनेट सम्म दुबै टिमले बराबरी खेलेपछि खेल इञ्जुरी समयतर्फ धकेलिएको थियो । १५ मिनेटको इञ्जुरी समयको खेल चलिरहँदा खेलेको ९७ औं मिनेटमा मिलनले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र गृहटीमलाई सेमीफाईनलमा रोक्दै मोरङको सगरमाथा फाइनल प्रवेश ग¥यो । खेलमा मोरङका मौसम सुब्बा र भुवन बस्नेतले पहेंलो कार्ड पाए ।

सगरमाथा यूथ क्लव त्यही टिम हो,जसले क्वाटर फाईनलमा नेपाल सुपर लिगको फ्रेन्चाइजी बुटवल लुम्बिनी एफसीलाई १–० ले हराएर सेमीफाईनल पुगेको थियो । संघर्ष भानु माविको खेल मैदानमा एकैदिन १२ गोल भएको पहिलो खेलमा पाहुना टोली भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लवलाई ७–५ ले पराजित गर्दै सेमीफाईनल पुगेको थियो । तर संघर्षले मोरङ सगरमाथाको चुनौति भने समाप्त पार्न सकेन । लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार आयोजकले सेमीफाईनलका दुई र फाइनलको एक खेल गरी तीन खेलमा सहभागी सबै खेलाडीको जनही १ लाख रुपैयाँका दरले शीखर ईन्स्योरेन्स कम्पनीमा दुर्घटना बीमा गरेको छ । यसअघि नै बीमाको प्रकृया चालेपनि प्रकृयागत ढिलाईका कारण सेमीफाईनल चरणबाट मात्र खेलाडीको दुर्घटना बीमा भएको श्रेष्ठले बताए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts