एसईईको ग्रेडवृद्धि परीक्षाको पहिलो दिन,ताप्लेजुङमा १३ जना परीक्षार्थी परीक्षा लेख्न आएनन्

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २३ । माध्यमिक शिक्षा परीक्षा(एसईई) २०८० को पूरक ग्रेडवृद्धि परीक्षाको पहिलो दिन ताप्लेजुङमा साधारण र प्राविधिकधारतर्फ गरी १३ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार पहिलो दिन भएको अंग्रेजी बिषयको परीक्षामा साधारणतर्फ १२ र प्राविधिकधारतर्फ १ जना परीक्षार्थी अनुपस्थित भएका हुन् । साधारणतर्फ ७ सय ६२ जना उपस्थित हुनुपर्नेमा ७ सय ५० जना मात्रै उपस्थित भए । यस्तै प्राविधिकतर्फ ४४ जना उपस्थित हुनुपर्नेमा ४३ जना उपस्थित भई परीक्षामा १ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ । यहाँ एसईईको पूरक ग्रेडवृद्धि परीक्षा लेख्ने कूल १ हजार ५ सय १८ परीक्षार्थी रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख भट्टराईका अनुसार साधारणतर्फका १ हजार ४ सय ५९ र प्राविधिकधारतर्फका ५९ गरी कूल १ हजार ५ सय १८ परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा लेख्दैछन् । साधारणतर्फका १ हजार ६ सय ९६ र प्राविधिकधारतर्फका १ सय २६ गरी कूल १ हजार ८ सय २२ जनाले ताप्लेजुङबाट एसईई परीक्षा लेखेकोमा ३ सय ४ जनाले बिभिन्न ग्रेड प्राप्त गरेका थिए भने १ हजार ५ सय १८ जना ननग्रेडमा परेका थिए । पूरक ग्रेडवृद्धि परीक्षाका लागि ६ वटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts