|

ताप्लेजुङ गोल्डकप यसवर्ष भदौ ३ देखि

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २८ । यसवर्षको ताप्लेजुङ गोल्डकप–२०८१ आगामी भदौ ३ गतेदेखि आयोजना हुने भएको छ । लाखेजात्राको अवसरमा खेलाइने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप भदौ ३ देखि १० गतेसम्म आयोजना हुने भएको हो ।
लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फुङ्लिङमा सञ्चालन हुने छ । शुक्रबार बसेको समितिको बैठकले गोल्डकप आयोजना गर्ने निर्णय गर्दै प्रतियोगितालाई यसवर्ष विगतमाभन्दा थप व्यवस्थित र विशिष्ट बनाउनेगरी तयारीमा लाग्ने निर्णय भएकोसमेत समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।
समिति अध्यक्ष गुरुङका अनुसार यस पटकदेखि गोल्डकप प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने विषयमा छलफल भएको छ । प्रतियोगितालाई विशिष्ट बनाउन नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबहरुलाई आमान्त्रण गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।
यसअघि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ राशीको नगद पुरस्कार पाउँदै आएका थिए । यसवर्षदेखि पुरस्कार राशी कति वृद्धि गर्ने भन्ने विषयमा समितिको अर्को बैठक बसेर निर्णय गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts