५० प्रतिशत अनुदानमा तीन प्रजातिका करिव ४२ हजार अलैंचीका बिरुवा उपलब्ध गराउँदै ताप्लेजुङको मेरिङदेन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ५ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई तीन प्रजातिका ४२ हजार अलैंचीका बिरुवा प्रदान गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर सुब्बाका अनुसार रामसाई र गोलसाई जातिका २०–२० हजार तथा जिर्मले जातका २ हजार थान बिरुवा बितरण गर्न लागिएको हो । मेरिङदेन गाउँपालिकाको कृषि विकास शाखा प्रमुख समिता सोतीका अनुसार एउटा बिरुवाको ५ रुपैयाँका दरले हुन आउने ५० प्रतिशत रकम कृषकले व्यर्होनुपर्ने छ भने ५० प्रतिशत अनुदान पालिकाले उपलब्ध गराउने भएको छ ।

पालिकाले अलैंची विकास केन्द्र फिक्कल इलामबाट उक्त अलैंचीका बिरुवा ल्याएको हो । पालिकाको माग अनुसार बिरुवा उपलब्ध नभएको भन्दै पालिकाले उपलब्ध बिरुवाको कूलसंख्यालाई भाग गरी किसानको मागको आधारमा उपलब्ध गराउने जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts