ताप्लेजुङबाट एकपछि अर्को लागु औषध दुर्व्यसनकर्ता पक्राउ पर्दै,प्रहरीले चाल्यो कडा कदम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३ । लागु औषध दुर्व्यसन बिरुद्ध निर्मम रुपले कारवाहीमा उत्रिएको ताप्लेजुङ प्रहरीले एकपछि अर्को लागु औषध दुर्व्यसनकर्तालाई पक्राउ गर्न थालेको छ ।

पछिल्लो डेढ महिनाको अवधिमा ताप्लेजुङ प्रहरीले १० जना लागु औषध दुर्व्यसनलाई पक्राउ गरी कारवाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)रवि रावलले जानकारी दिनुभयो । रावलले लागु औषध दुर्व्यसनलाई न्यूनीकरण गर्ने आफ्नो पहिलो प्रयास हुने बताउँदै आउनु भएको थियो । जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै उहाँले आफु लागु औषध दुर्व्यसन बिरुद्ध निर्मम रुपले लाग्ने भन्दै यसमा साथ दिन स्थानीय समुदायलाई आग्रह समेत गर्नु भएको थियो । उहाँले मातहतका प्रहरी कर्मचारीलाई लागु औषध दुर्व्यसन बिरुद्ध तीव्र रुपले अघि बढ्न कडा निर्देशन समेत दिनु भएको थियो । सोहि क्रममा आइतवार थप २ जना लागु औषध दुर्व्यसनमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख रावलका अनुसार फुङलिङ नगरपालिका वडा नं ४ का २० बर्षिय बिनोद लिम्बू र मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्ने २८ बर्षिय प्रनिस लिम्बूलाई लागु औषध ट्रामाडोल सहित पक्राउ गरिएको छ । बिनोदको साथबाट १० पिस र प्रनिसको साथबाट २ पिस ट्रामाडोल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो । सरकारले ट्रामाडोल र टापेन्टाडोललाई समेत अहिले मनोदीपक (लागु औषध सरह) पदार्थको रुपमा तोक्ने निर्णय गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts