गणतन्त्र दिवसको अवसरमा पाथीभरा क्याम्पसमा पुष्परोपणका साथ राष्ट्रिय झण्डा झण्डोत्तोलन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १५ । १७औं गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पस पसिरसमा पुष्परोपण तथा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको छ ।

पाथीभरा बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको नेतृत्व तथा पतञ्जली योग समिति ताप्लेजुङको सक्रियतामा पुष्परोपण तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको पाथीभरा बहुमुखी क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो ।

पाथीभरा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष गजेन्द्रप्रसाद तुम्याहाङले राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नु भएको थियो । क्याम्पस परिसरमा फूलका बिरुवाले सज्जित बनाउने उद्देश्यले क्याम्पस परिसरमा पुष्परोपण अभियान चलाईएको बताइएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts