ताप्लेजुङमा मनाईयो ३१ औं मदन–आश्रित स्मृति दिवस

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ३ । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल ताप्लेजुङले बिहीबार ३१ औं मदन–आश्रित स्मृति दिवस मनाएको छ ।

मदन आश्रित स्मृति भवन एमाले जिल्ला पार्टी कार्यालयको सभाहलमा मनाईएको स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रितको योगदानको चर्चा गरिएको थियो । सो अवसरमा बोल्दै प्रतिष्ठानका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले ‘मिसन ८४’ को लक्ष्य पूरा गर्ने हो भने पार्टी नेता कार्यकर्ताबीचमा बलियो भावनात्मक सम्वन्ध,पार्टी कमिटीबाट समान व्यवहार र आम नेता कार्यकर्ताहरुमा संगठनात्मक शुद्धिकरण र सुद्रिढीकरण आवश्यक रहेको बताउनुभयो । साम्सोहाङले निर्वाचित जिल्ला कमिटीले पराजितहरुलाई दिने जिम्मेवारी महत्वको हुने बताउनुभयो ।

गत बैशाख २४ र २५ गते सम्पन्न एमाले ताप्लेजुङको १२ औं जिल्ला अधिबेशनका क्रममा साम्सोहाङ समूहका पदाधिकारी उम्मेदवार पराजित हुनु भएको थियो । अधिबेशनबाट डम्बरध्वज तुम्बाहाम्फे नेतृत्वको प्रतिश्पर्धी पदाधिकारी प्यानल बिजयी भएको छ । साम्सोहाङले पार्टीको आन्तरिक लोकतन्त्रको क्रममा जित्ने र हार्ने दुई पक्ष स्वभाविक भएपनि जित्ने पक्षले पराजित हुने पक्षलाई समान र सन्तुलित व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश कमिटी सदस्य मात्रिकाप्रसाद भट्टराईले प्रस्तुत गर्नु भएको कार्यपत्रमाथि एमाले जिल्ला अध्यक्ष तुम्बाहाम्फे सहितले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सदस्य भट्टराई,एमाले फुङलिङ नगर कमिटी अध्यक्ष भरतकुमार गुरुङ,नेतृहरु चित्राकुमारी चंसु र होमकुमारी साँवा तथा नेताहरु छत्रपति प्याकुरेल,मणिशंकर पोमू,सन्तोष प्रसाँई,हरि थलङ,सरोज एभेङ सहित एमाले जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts