ताप्लेजुङको पाथीभरा याङवरकद्धारा साढे पाँचसय बढी सेवाग्राहीलाई वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १४ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले एकीकृत घुम्ति सेवा शिविरमार्फत पालिकाका ५ सय ५७ जना लाभग्राहीलाई वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

पालिकाले ६० बर्ष माथिका करिव तीनसय नागरिकको वडामै पुगेर स्वास्थ्य परीक्षण समेत गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार वडा नं १ नाङखोल्याङमा १ सय ७६ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ भने ६० बर्ष उमेर समूहका ७२ जनाको स्वास्थ्य परीक्षण भएको छ । यस्तै वडा नं ३ तिरिङगेमा ९२ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण तथा ४६ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । वडा नं ४ डुम्रिसेमा ८७ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण तथा ४४ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै वडा नं ५ चाक्सिबोटेमा ५९ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण तथा ४० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दा वडा नं ६ थुम्बेदिनमा १ सय ४३ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण र ७० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको समेत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । पालिकाले एकीकृत घुम्ति सेवा शिविरमार्फत २ सय ७२ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । पालिकाले बैशाख ९ गते देखि १३ गते सम्म वडा नं २ थेचम्बु बाहेक पालिकाका ५ वटै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण तथा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको थियो । पालिकाको केन्द्र रहेको वडा नं २ थेचम्बुबाट जुनसुकै समयमा आवश्यकीय सेवा प्रवाह हुने भएकोले थेचम्बुलाई एकीकृत घुम्ति सेवा शिविर बितरणको सूचीमा नराखिएको पालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts