जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाका दिनमा समेत तीन क्षेत्रका सेवा प्रवाह गर्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाका दिनमा समेत तीन क्षेत्रका सेवाहरु प्रवाह गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाका दिनमा पनि नागरिकता,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह हुने जानकारी दिनुभयो । उहाँका अनुसार रामनवमीको दिन बैशाख ५ गते,उभौंली पर्व–चण्डी पूर्णिमा(बैशाख पूर्णिमा),बुद्धजयन्तीको दिन जेठ १० गते,गणतन्त्र दिवको दिन जेठ १५ गते र रक्षावन्धनको दिन भदौ ३ गते पनि नागरिकता,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह हुने छ ।

यस्तै श्रीकृष्ण जन्माष्टमीको दिन भदौ १० गते,घटस्थापना असोज १७ गते,किराँत समुदायको उभौंली पर्व–योमरी पुन्हि–ज्यापु दिवसका दिन मंसिर ३० गते,क्रिसमस डे पुस १० गते र तमू ल्होसार पुस १५ गतेका दिन समेत उल्लेखित तीन क्षेत्रका सेवा प्रवाह हुने सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पुस २७ गते,माघी पर्व–माघे संक्रान्ति पर्व माघ १ गते,शहीद दिवस माघ १६ गते,सोनाम ल्होसार माघ १७ गते,राष्ट्रि प्रजातन्त्र दिवस फागुन ७ गते,महाशिवरात्री फागुन १४ गते,ग्याल्पो ल्होसार फागुन १६ गते,अन्तराष्ट्रिय श्रमिक महिला दिवस फागुन २४ गते र इस्लाम धर्मावलम्वीहरुको पर्व(इद उल फित्र)बकर इद(इद उल अजहा)का दिन समेत जिल्ला प्रशासन कार्यालयबाट नागरिकता,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह हुने भट्टराईले जानकारी दिनुभयो ।
कार्यालय समय सुरु हुँदा राष्ट्रियगान अनिवार्य
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कार्यालय समय सुरु हुने बिहान १० बजे कार्यालयमा राष्ट्रियगान अनिवार्य गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रत्येक दिन कार्यालय समय सुरुहुँदा राष्ट्रियगान अनिवार्य गरिएको बताउनुभयो ।‘कार्यालयका कर्मचारी र उपस्थित सेवाग्राही सबैले राष्ट्रियगानमा सरिक भएपछि सेवा लिनेदिने क्रम सुरु हुन्छ’प्रजिअ आचार्यले भन्नुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts