५ बर्ष भन्दा बढी अवधि नविकरण नगरेका हतियार र इजाजतपत्र प्रहरीलाई बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ५ बर्ष भन्दा बढी अवधि नविकरण नगरेका हतियार र इजाजतपत्र नजिकको प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले ५ बर्ष भन्दा बढी अवधि नविकरण नगरेका हतियार र इजाजतपत्र जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा अनिवार्य बुझाउनुपर्ने बताउनुभयो ।

प्रशासन कार्यालयले हतियार राख्ने इजाजत पत्र प्राप्त गरी ताप्लेजुङ प्रशासन कार्यालयबाट नविकरण नभएको तर कानुन बमाजिम अन्य जिल्लाबाट नविकरण भएको भए त्यसको प्रमाण कागज पेश गर्न एक महिनाको समय दिएको छ ।

उक्त अवधिमा नविकरण प्रमाण पेश नभएमा वा ५ बर्ष भन्दा बढी अवधि नविकरण नभएका हतियार र इजाजतपत्र नजिकको प्रहरी कार्यालयमा नबुझाएमा कानुन अनुसार कारवाही हुने चेतावनी पनि प्रशासन कार्यालयले दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts