ताप्लेजुङको फुलवारीका वडाध्यक्ष सेन्दाङद्धारा आगलागी पीडितलाई एक महिनाको मासिक सुविधा सहयोग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङले एक आगलागी पीडित वडावासीलाई आफुले पाउने एक महिनाको सुविधा सहयोग स्वरुप दिनु भएको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)मार्फत वडाध्यक्ष सेन्दाङले आगलागी पीडित फुलवारीका हर्कबहादुर थापालाई नगद १९ हजार ५ सय रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । गएको चैत १७ गते थापाको घर आगलागी भएर पूर्ण रुपले ध्वस्त भएको थियो ।

वडाध्यक्ष सेन्दाङले आगलागी पीडित थापाको घर निर्माण कार्य र परिवारको गाँस र वासमा सहयोग पुग्ने उद्देश्यले आफुले एक महिनाको सबै सुविधा आगलागी पीडितप्रति सर्मपित गरेको बताउनु भएको छ । उहाँले थप सहयोगका लागि आवह्वान गर्दै वडा कार्यालयले त्यसका लागि सहजीकरण गर्ने समेत बताउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts