खेलकुदका सबै बिधाहरुको विकास र व्यवस्थापनका लागि एकीकृत कार्ययोजना बनाईने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १३ । ताप्लेजुङ जिल्लाका खेलकुदका सबै बिधाहरुको विकास र व्यवस्थापनका लागि एकीकृत कार्ययोजना बनाईने भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको अध्यक्षतामा मंगलवार ताप्लेजुङ जिल्लामा रहेका खेल संघहरुको संयुक्त बैठकले एकीकृत कार्ययोजना बनाउने निर्णय लिएको हो । खेलकुदका सबै बिधाहरुको आवश्यक सुधार,विकास र व्यवस्थापनका लागि तयार हुने एकीकृत कार्ययोजना बनाउने जिम्मेवारी जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई प्रदान भएको छ । तयार भएको कार्ययोजना जिल्ला समन्वय समितिमा पेश हुने भएको छ ।

कार्ययोजनाको बिषयमा यही चैत २० गते थप छलफल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू(गणेश)ले जानकारी दिनुभयो । छलफलमा ताप्लेजुङमा रहेका खेलकुद संघहरुमध्ये जिल्ला फुटबल संघ,जिल्ला भलिबल संघ,सितोरियो कराँते संघ,तेक्वादो संघ,ब्याडमिन्टन संघ,बुद्धिचाल संघ,कबड्डी संघ,टेवलटेनिस संघ र एथलेटिक्स संघका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts