राष्ट्रपति रनिङ शिल्डमा नगरक्षेत्रका पदकधारी खेलाडीलाई फुङलिङद्धारा नगद सहित सम्मान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ९ । १४ औं राष्ट्रति रनिङ शिल्ड प्रतियोगिताका पदकधारी नगरक्षेत्रका खेलाडीहरुलाई ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगद सहित सम्मान गरेको छ ।

फुङलिङ नगरपालिकाले स्वर्ण पदक बिजेता खेलाडीलाई नगद २ हजार,रजत पदक बिजेता खेलाडीलाई १ हजार ५ सय र कास्य  पदक बिजेता खेलाडीलाई १ हजार रुपैयाँ सहित सम्मान गरेको फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले जानकारी दिनुभयो । फुङलिङ नगरप्रमुख अमिर मादेनले पदक बिजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्नु भएको हो ।

आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीस्थित महभीर खेल मैदानमा फागुन १ देखि ४ सम्म भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फुङलिङ नगरपालिकाले २१ स्वर्ण,८ रजत र २ कास्य पदक जितेर दोस्रो भएको थियो । कुल ६६ स्वर्णमध्ये ३५ स्वर्ण जितेको आठराई १८ रजत र कास्यसहित ५८ पदक जितेर पहिलो तथा ३ स्वर्ण, ४ रजत र ५ कास्यसहित मिक्वाखोला गाउँपालिका १२ पदकसहित तेस्रो भएको थियो । कुल ६६ स्वर्ण,६६ रजत र ७० कास्य पदकका लागि जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीले राष्ट्रति रनिङ शिल्ड प्रतियोगितामा सहभागगिता जनाएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts