|

प्रजातन्त्र दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ७ । प्रजातन्त्र दिवसको अवसरमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । फक्ताङ्लुङ गाउँपालिकाको आयोजनामा आधारभूत तह विद्यालयस्तरीय वक्तृत्वकला सोमबार सम्पन्न गरिएको हो ।
आधारभूत तह विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा पार्वती माध्यमिक विद्यालय तापेथोककी छात्रा युनिमा लिम्बू प्रथाम हुनुभएको छ । यस्तै सरस्वती माध्यमिक विद्यालय तापेथोकका छात्र नामसिंह लिम्बू द्वितीय र महेन्द्र आधारभूत विद्यालय लिङ्खिमकी छात्रा युरिका लिम्बू तृतीय हुनुभएको छ ।
वक्तृत्वकला प्रतियोगिताका विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । विजेता बनेकालाई गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) लगायतले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न आठवटा विद्यालयका विद्यार्थी सहभागी भएको फक्ताङ्लुङ गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts