काँग्रेसका थप १० विभागका सदस्यमा ताप्लेजुङका ४ जनाले पाए जिम्मेवारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनित गर्नु भएका थप १० वटा विभागका सदस्यहरुमा ताप्लेजुङबाट ४ जना समाबेश हुनु भएको छ । रमेश रिजाल प्रमुख रहनु भएको संघीय मामिला तथा प्रदेश समन्वय विभागको सदस्यमा केशवप्रसाद दाहाल अटाउनु भएको छ । यस्तै शंकर भण्डारी प्रमुख रहनु भएको तरुण विभागमा इन्द्र केदेम र महेन्द्र यादव संयोजक रहनु भएको यातायात व्यवसायी समन्वय विभागमा कृष्ण बस्नेतले जिम्मेवारी पाउनु भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै केशवकुमार बुढाथोकी प्रमुख रहनु भएको राज्य प्रशासन विभागमा नेपाल निजामति कर्मचारी युनियन संघका पूर्व अध्यक्ष सेवा निवृत लेखापाल मात्रिकाप्रसाद नेपाल चयन हुनु भएको छ । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम विभागका संयोजक,सचिव र सदस्यलाई मनोनित गर्नु भएको पौडेलद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । कांग्रेसले विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पु¥याएको छ । कतिपय विभागहरुको प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts