| |

याकचौंरी कोशी प्रदेश अध्यक्षमा मोहन राई चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २० । याक चौंरी कृषक महासंघ नेपालको कोशी प्रदेश समिति अध्यक्षमा मोहन राई चयन हुनुभएको छ । भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा शनिबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत चयन हुनुभएको हो ।
याक चौंरी कृषक महासंघ ताप्लेजुङका अध्यक्ष नुपु लामाका अनुसार राई अध्यक्ष रहेको नेतृत्वमा नौ सदस्यीय कोशी प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दुर्गाधन राई (खोटाङ) उपाध्यक्ष, सचिवमा थुतोप दोर्जे शेर्पा (सोलुखुम्बु) र कोषाध्यक्षमा किमा शेर्पा (भोजपुर) चयन हुनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा सुन्दर राई (इलाम), पासाङ नुरी शेर्पा (ओखलढंगा), जंगबहादुर राई, सुमित तामाङ (पाँचथर) र दावाफुटिका शेर्पा (ताप्लेजुङ) चयन हुनुभएको छ । प्रदेश सभा सदस्य विनोद बान्तावाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न ताप्लेजुङ अध्यक्ष नुपु लामाले बताउनुभयो । पछिल्लो समय जनशक्ति अभाव साथै नयाँ पुस्ताले पुर्खौली पेशा अँगाल्न छोडेका कारण लोप हुँदै गएको याक तथा चौंरी पालन पेशाको प्रवर्द्धन साथै संरक्षण गर्न याक चौंरी कृषक महासंघको स्थापना भएको बताइएको छ ।

Similar Posts