फालेलुङ गाउँपालिकामा धार्मिक प्रयोजन बाहेक सार्वजनिक खर्चबाट आयातित खादा,माला र ब्याच प्रयोगमा प्रतिवन्ध

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १७ । पाँचथरको फालेलुङ गाउँपालिकाले धार्मिक प्रयोजन बाहेक अतिथि सत्कारका लागि प्रयोग हुने आयातित र कृत्तिम खादा,माला र ब्याच माथि प्रतिवन्ध लगाएको छ ।

आयातित सामाग्रीको प्रयोगले अनावश्यक व्ययभार बढाउने तथा स्थानीय स्तरमा रोजगारी समेत सृजना नहुने ठहर सहित आयातित र कृत्तिम खादा,माला र ब्याचमा प्रतिवन्ध लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिनुभयो । गाउँपालिकाले आयातित र कृत्तिम खादा,माला र ब्याचको बिल भुक्तानी समेत पालिकाबाट नदिने निर्णय गरेको छ ।

अतिथि सत्कारमा स्थानीय रुपमा उत्पादन हुने प्राकृतिक फूल,सल्ला र अन्य पातबाट बनेको पुष्पगुच्छा र फूलको माला प्रयोग गर्न सकिने गाउँपालिकाले विकल्प दिएको छ । स्थानीय सामाग्रीको उपयोगबाट नै अतिथि सत्कारका क्रममा प्रयोग हुने माला तथा पुष्पगुच्छा बनाउन सकिने तथा आयातलाई प्रतिस्थापन गर्न सकिने भन्दै गाउँपालिकाले फजुल खर्च रोक्न यस्तो नीति लिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले जानकारी दिनभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts