आठराई त्रिबेणीद्धारा बाढी पीडितलाई १ लाख तथा जनप्रतिनिधि र कर्मचारीको मासिक सुविधा पनि सहयोग हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ११ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले रसुवा बाढी पीडितका लागि १ लाख रुपैयाँ र जनप्रतिनिधि तथा कर्मचारीकातर्फबाट समेत छुट्टै रकम सहयोग गर्ने घोषणा गरेको छ ।

बाढी पछि बिहीबार पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले बोलाएको आकस्मिक कार्यपालिका बैठकले बाढी पीीडतका लागि पालिकाकोतर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय लिएको हो ।

पालिकाको ६८ औं कार्यपालिकाले बैठकले पालिकाकोतर्फबाट १ लाख रुपैयाँका अलवा पालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुको १५ दिनको बराबरको सेवा सुविधा तथा पालिकाका सम्पूर्ण कर्मचारीको मासिक तलवको १० प्रतिशत रकम राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।

उता,पाथीभरा बहुमुखी क्याम्पसले बाढी पीडितको राहत तथा उद्धारका लागि १५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इमजले बिहीबार क्याम्पसमा आयोजित एक कार्यक्रममार्फत क्याम्पसकोतर्फबाट उक्त रकम प्रकोप पीडित उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेकी छन् ।

 

Similar Posts