नेपाल तामाङ घेदुङ ताप्लेजुङमा नयाँ नेतृत्व चयन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २८ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति ताप्लेजुङमा अशोककुमार बम्जन तामाङ अध्यक्ष रहेको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।

चौथो जिल्ला अधिवेशनबाट समितिको उपध्यक्षमा करुणा तामाङ र रामकुमार ब्लोन, सचिवमा ज्ञानवीर तामाङ, सहसचिवमा विनोद डुम्जन र कोषाध्यक्षमा दिनाकुमारी घिसिङ चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा चन्द्रबहादुर तामाङ, लक्ष्मणसिंह तामाङ,दोर्जे तामाङ र सुकरानी तामाङ चयन हुनु भएको छ ।

सामुदायिक भवन सिटिहलमा भएको जिल्ला अधिबेशनमा नेपाल तामाङ घेदुङ संघका संघीय(केन्द्रीय) अध्यक्ष मोहन गोले, प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ लगायतको उपस्थिति रहेको थियो । अधिवेशन अघि मौलिक भेषभुषामा उपस्थित भएका तामाङ समुदायका नरनारीहरुले संस्कार र संस्कृति जोगाउन आग्रह गर्दै रया्ली सहित नगर परिक्रमा समेत गरेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts