प्रचलित दरभन्दा बढी मूल्य नहुनेगरी मूल्यमा एकरुपता कायम गर्न पाथीभरा क्षेत्रका व्यवसायीलाई अनुगमन समितिको सुझाव

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २० । अनुगमन समितिले ताप्लेजुङको पाथीभरा क्षेत्रका व्यवसायीहरुलाई मूल्यमा एकरुपता कायम गर्न सुझाव दिएको छ ।

प्रकृति अनुसारको व्यवसाय दर्ता तथा नविकरण गर्न,प्रचलित दरभन्दा बढी मूल्य निर्धारण नगर्न,म्याद नाघेका बस्तुहरु बिक्रीस्थलबाट हटाई जनाउ दिएर छुट्टै भण्डारण गर्न वा नष्ट गर्न र तीर्थालुको कुनैपनि किसिमका गुनासो आउन नदिनेगरी सेवा बितरण गर्न अनुगमन समितिले व्यवसायीहरुलाई सुझाएको अनुगमन कार्यदल संयोजक एवम् फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिनुभयो । खासगरी हल्का पेयपदार्थको मूल्य एकैस्थलका पसलैपिच्छे फरक–फरक पाईएकोले प्रचलित दरभन्दा बढी नहुनेगरी मूल्यमा एकरुपता कायम गर्न सुझाईएको ओझाले जानकारी दिनुभयो।

फुङलिङ नगरपालिकाका कर्मचारी भोलानाथ सिग्देलले एक किसिमको व्यवसाय दर्ता गरी थुप्रै प्रकृतिका सामान बिक्री हुँदै आएका पसलहरुलाई प्रकृति अनुसार व्यवसाय दर्ता गर्न,दर्ता प्रकृयामा सामेल नभएका तथा नविकरण गर्न छुटेकाहरुलाई १५ दिन बैधानिक प्रकृयामा आउन मौका दिएको जानकारी दिनुभयो । अनुगमन समितिले आइतवार पाथीभरा क्षेत्रका व्यवसायहरुको अनुगमन गरेको थियो । १५ दिन पछि हुने अनुगमनका क्रममा अहिले दिएका सुझाव पालना नभए नगरपालिकाको अनुगमन कार्यविधि अनुसार कानुनी प्रकृया अवलम्बन गरिने नगरपालिकाका कर्मचारी तुलसा निरौलाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा म्याद नाघेका बिभिन्न बस्तु जफत गरी नष्ट गरिएको समेत अनुगमन समितिले बताएको छ । पाथीभरा क्षेत्र होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले पाथीभरा क्षेत्रका व्यवसायीहरुको तत्काल भेला बोलाई अनुगमन समितिले दिएका सुझाव कार्यान्वयनका लागि लाग्ने बताउनुभयो । प्रचलित दर अनुसार हुनेगरी मूल्यमा एकरुपता कायम गर्ने सहितका बिषयमा आवश्यक निर्णय लिएर अघि बढ्ने योजना अनुसार तत्कालै पाथीभरा क्षेत्रका व्यवसायीहरुको संयुक्त छलफल बोलाइने भट्टराई जानकारी दिनुभयो । उहाँले तीर्थालुलाई सुलभ,सरल र गुनासो नआउने गरी सेवा बितरण गर्न व्यवसायीहरु सम्बेदनशिल हुने बिश्वास दिलाउनु । अनुगमन समितिले पाथीभरा क्षेत्रका अधिकाँस व्यवसायीका साथमा मूल्यसूचीको बोर्ड भएपनि त्यो सबैले देख्नेगरी नराखेको पाइएकोले यो बिषय सुधार गर्न समेत व्यवसायीलाई ध्यानाकर्षण गरिएको बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts