ताप्लेजुङ पनि बन्यो कोरोना संक्रमण मुक्त जिल्ला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २२ । ताप्लेजुङ बिहीबार कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । संक्रमित २ सहित ४२ जनाको पीसीआर परीक्षण गर्न उनीहरुको स्वाब प्रादेशिक अस्पताल पठाईएको बिराटनगर पठाईएकोमा सबैको रिर्पोट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । यसअघि उनीहरुको पहिलो र दोस्रो पटकको पीसीआर परीक्षण रिर्पोट भने पोजेटेभि आएको थियो । कोरोना जितेर फर्किएका पाथीभरा याङ्वरक गाउँपालिकाका १ तथा सिदिङ्वा गाउँपालिकाका १ गरी २ जनालाई कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठ,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख दुर्गा चापागाँई र जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख टेकनाथ अर्याल सहितले बिदाई गर्दै अझै केहिदिन होम क्वारेन्टिनमा बस्न र न्यूनतम् सुरक्षाका उपाय अवलम्बन गर्न सुझाउनु भएको छ ।
फोटो ः कोरोना जितेर घर फर्किन लागेकालाई बिदाई गरिदैं । तस्बिर ः खगेन्द्र । उज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts