दुई सामाजिक संस्थाद्धारा ताप्लेजुङको फक्तालुङका संस्था तथा व्यक्तिलाई सहयोग

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज २७ । लालीगुराँस सेवा समाज परिवार तथा यस्तै त हो नि ब्रो टिमले मिलेर ताप्लेजुङको उत्तरी दुर्गम गाउँ लेलेमा रहेका संस्था तथा समुदायलाई सहयोग गरेका छन् ।

संस्थाका अध्यक्ष टाँसीतेन्जिङ इलावाको संयोजनमा ताप्लेजुङ आईपुगेको टोलीले निमार्णाधिन काग्यु तेम्फेलिङ गुम्बालाई ३ लाख ११ हजार ५ सय ८० रुपैयाँ प्रदान गरेको छ । यस्तै लेलेप लुङथुङका २२ जना जेष्ठ नागरिकहरुलाई कम्बल,चामल,दाल,चिनी,चिउरा,तेल,चाचाउ लगायतका सामाग्री सहयोग गरेको स्थानीय तेञ्जिङ वालुङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार २२ थान कम्बल, जेष्ठ नागरिक र उनीहरुका परिवारलाई २२ बोरा चामल,४४ किलो चिनी,७० किलो कालो दाल,५० किलो मुसुरी दाल,१० काटन चाउचाउ,५० किलो चिउरा,३ काटुन खानेतेल,११ किलो चियारंग प्रदान गरिएको छ ।

यस्तै स्थानीय बिद्यार्थीहरुलाई ३०–३० थान स्वीटर र टोली तथा १५–१५ दर्जन कापी र डटपेन तथा साबुन सहितका सामाग्री बितरण गरिएको छ । जापान र अमेरिका सहितका देशहरुमा बसोबास गर्ने ताप्लेजुङगे र नेपालका बिभिन्न जिल्लामा बसोबास गर्ने युवाहरुले मिलेर लालीगुराँस सेवा समाज परिवार तथा यस्तै त हो नि ब्रो नामका सामाजिक संस्था खोलेर नेपालका जिल्लाहरुमा सामाजिक कार्यहरु गर्दै आइरहेका छन् । लालीगुराँस सेवा समाज परिवारका अध्यक्ष टाँसीतेन्जिङ भने ताप्लेजुङको लेलेप लुङथुङका स्थानीय हुनहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts