ताप्लेजुङमा वाइसीएलको संगठन विस्तार तीब्र, चाँगेमा युगल अध्यक्ष

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १६ । योङ कम्युनिस्ट लीग (वाईसीएल) नेपाल ताप्लेजुङले वडा–वडामा संगठन विस्तारलाई तीब्रता दिएको छ । सोही क्रममा मंगलबार आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेमा युगल वनेम अध्यक्ष रहेको वडा कमिटी गठन गरेको छ ।
वडा नम्बर ५ चाँगेमा सम्पन्न वाईसीएल भेलाले वनेमको अध्यक्षतामा २१ सदस्यीय वडाकमिटी सर्वसम्मत चयन गरेको जनाइएको छ । वडाकमिटी उपाध्यक्षमा रोशन आङ्बुहाङ र मन्दिप आङ्बुहाङ, सचिवमा किरण तामाङ, सहसचिवहरुमा अर्जुन खवास, सन्तोष आङ्बुहाङ, विनोद लिम्बू र अनिल आङ्बुहाङ तथा कोषाध्यक्षमा औसका आङ्बुहाङ चयन हुनुभएको छ ।
हाल सञ्चालित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत वाईसीएलको वडा कमिटीहरु धमाधम गठन गर्दै आएको वाईसीएलका जिल्ला अध्यक्ष कैलास माबोले जानकारी दिनुभयो । चाँगेमा सम्पन्न कार्यक्रमा जिल्ला अध्यक्ष माबोसहित वाईसीएलका जिल्ला सचिव सुधिर सावादिन, माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङ, माओवादी नेताहरु पर्शु थोप्रा, सागर आङ्बुहाङ, घनु गौतम, बिमला लिम्बू (लाजिमा) लगायतको उपस्थिति रहेको बताइएको छ ।
यता एमाले, काँग्रेस लगायतका पार्टी परित्याग गरी करिव तीन दर्जन कार्यकर्ता माओवादी प्रवेश गर्नुभएको पनि वाईसीएलका जिल्ला अध्यक्ष माबोले जानकारी दिनुभयो । उहाँहरुलाई जिल्ला संयोजक हाङ्बाङ लगायत माओवादी नेताहरुले पार्टी प्रवेश गराउनुभएको बताइएको छ ।